टाइगर कप: विभागीय डर्बीमा आर्मीमाथि पुलिसको सहज जित

पाेखरा | माघ ११, २०८२

टाइगर कप: विभागीय डर्बीमा आर्मीमाथि पुलिसको सहज जित

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।


पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन । चौथो सेटमा पुलिसले २५–१५ ले जित निकाल्दै आर्मीलाई पहिलो हार चखायो ।


यसअघि भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको थियो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित ग¥यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित निकालेको हो ।


आजै भएको खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्स विजयी भए । न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गर्दा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबमाथि पाँचौं सेटमा पुनरागमन जित निकालेको थियो ।  


च्याम्पियनसिपअन्तर्गत चौथो दिन भोलि ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ बिहान १० बजे एपीएफ र आर्मीबिच हुनेछ । त्यसपछि पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएन भिड्ने छन् । भोलिको अन्तिम खेल गण्डकी प्रदेश र आर्मीबिच हुनेछ ।


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्